एकेन्द्र चन्द । डोटी, १ फागुन । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ को वडाकार्यलयको उदघाटन गरिएको छ । नेपाली कांग्रेसका सुदुरपश्चिमी प्रदेशका सभापति पुर्ब मन्त्री वीर बहादुर बलायरले उक्त वडा कार्यालयको उदघाटन गर्नु भएको हो ।
उदघाट कार्यक्रम मा बोल्दै सभापति बलायरले नेपाली कांग्रेसले जितेको ठाउँमा बिकास भएको र पाँच बर्श भित्र बिकास निर्माण नभएका बिकास निर्माण पनि अबको पाँच बर्ष मा पुराहुने बताउदै बडिकेदार गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद समेत दिनु भएको थियो।
त्यस्तै बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले पाँच बर्ष भित्र बडिकेदार गाउँपालिकामा धेरै बिकास भएको बताउदै नभएको बिकास निर्माणका कार्यहरु पनि अर्को पाँच बर्षमा पूरा हुने र बडिकेदारको बिकासको लागि सधै प्रतिबद्ध रहेको बताउनु भएको थियोे।
त्यस्तै बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बुद्धि सागर बिनाडिले विभिन्न अवरोधका पनि वडा कार्यलयको भवन निर्माण सम्पन्न भएको र सम्पुर्ण गाउबासी लाई धन्यवाद दिदै आफू सधैभरी जनाको जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
सो उदघाटन कार्यक्रममा स्थानीय, बुद्धिजिबि राजनीतिक दल पत्रकार लगायतको सहभागीता रहेको थियोे ।

