धनगढी, ३० फागुन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा काँग्रेस सहभागि हुने बताएका छन् । सोमबार बिहान कैलालीको धनगढी पुगेका माओवादी अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् । गठबन्धन केन्द्र प्रदेश सबैमा भएकोले सुदूरपश्चिम सरकारमा पनि काँग्रेसलाई सहभागि गराउनुपर्ने धारणा व्यक्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा नेकपा एसका मन्त्री धैरै छन् उनले फिर्ता बोलाउनुपर्छ अध्यक्ष प्रचण्डले भने–‘कसको नृेतृत्वमा जाने शिर्ष नेताको छलफलमा निर्णयमा जान्छ ।’ काँग्रेस, नेकपा एस, नेपा केन्द्रको दुई प्रदेश र जसपा एक प्रदेशमा नेतृत्वमा पाउने सहमति भएको समेत उनले बताए ।
अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीतलाई लिएर विभिन्न तर्क वितर्क भएकाले यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताएका छन । ‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन । जनयुद्धलाई संविधानसभामा ल्याउन ठिक थियो कि थिएन?,’ प्रचण्डले प्रश्न गरे ।उनले अगाडि भनेका छन्, ‘म चाहेँ कतारमा जाँदा होस्, चाहे मलेसियामा जाँदा सयौं सयौंमा जनयुद्धमा सहभागी लडाकुहरू बडो दुःखपूर्ण जीवन बिताएका थिए । मैले जतिलाई भेटेँ उहाँ त्यस्तो दुःख गरेर पनि उहाँहरूले मलाई भन्नुहुन्थ्यो, कमरेड फेरि पनि तपाईंलाई असजिलो र्पयो भने भन्नुस् हैँ ? हामी बिग्रिएका छैनौं, विचलित भएका छैनौं । देशको निम्ति, राष्ट्रको निम्ति शान्तिमा आउनै पथ्र्यौं, समावेशीतासँग सबै उत्पीडित वर्गले केही न केही हक अधिकार पाएका छन भनेर गर्व गरेर बसेको पक्ष पनि छ । बर्बाद र्पायो माओवादी पार्टीले शान्तिमा ल्याएर भन्ने पनि छन् ।’
जनयुद्धमा महिलाहरूले वीरता र कीर्तिमान कायम गरेको कुराहरू पनि रहेको प्रचण्डले स्मरण गराए । ‘महिलाहरूको हिजो जनयुद्धको बेलामा वीरता र त्यसका कीर्तिमान कायम गरेका कुराहरू पनि छ । राज्यका तर्फबाट गरिएका दमनका पक्ष पनि छन्,’ उनले भने, ‘यो विषय मेरो विचारमा अहिले उत्तेजित कोही हुनुपर्ने छैन । पक्षरविपक्ष, तर्क वितर्क हुन्छ त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ । यो हामी गइसकेपछि पनि सयौं वर्षसम्म रहन्छ ।’