अछाम, २३ फागुन । नेपाली काँग्रेस अछाम सभापतिका लागि आज दोस्रो चरणको मतदान जारी छ। पहिलो चरणको चुनावमा तीनै उम्मेदवारको ५० प्रतिशत नआएपछि सभापतिका लागि दोस्रो चरणको मतदान भइरहेको हो।
सभापतिका लागि पुष्प शाह र भरतकुमार स्वाँर चुनावी मैदानमा छन्। यसअघिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट्रै बाहिरिएका छन्।
मतदानको समय चारबजेसम्म तोकिएको निर्वाचन समितिलेजनाएको छ। यसअघि पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए।