काठमाडौं,२३ फागुन । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बानेश्वरमा जारी छ । बैठकले २५–२६ फागुनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने जनाइएको छ ।
आगामी चुनावको तयारी र पार्टीको आन्तरिक गतिविधिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
