धनगढी, २२ फागुन/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलाली बाजुराको सम्पर्क मञ्चको प्रथम भेलाबाट विद्यार्थी नेता राजेन्द्र रावल निर्विरोध निर्वाचित भएका छन्। रावलको नेतृत्वमा २१ कमिटी सदस्य गठन गरिएको छ ।
उपाध्यक्ष अनिल नेपाली, सचिव नन्दा बहादुर रावत, सहसचिव सुनिला जोशी र कोषध्यक्ष दीर्घ नेपाली चयन भए । सदस्यहरु सन्तोष कटुवाल, बिनोद बुढा, निसर बिक, सोनाम सुनार, चक्र थापा, जिवन बानिया,, हिमाल शाही र सुनिल नेपाली चयन भएका छन् ।