धनगढी, २० फागुन । नेपाली काँग्रेस कैलालीको सभापतिको मतगणना सकिएसंगै अन्य पदाधिकारीको गणना सुरू भएको छ। आज बिहानदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म तीन सय गणना भएको छ।
उपसभापतिमा भीम बडुवालले ५६७, खेमराज डगौराले ३५९, रामप्रसाद चौधरीले २८१, लोकराज पाण्डेले १५३, तेजशंकर भट्टले १९५, धर्मराज न्यौपनेले ७८ र यज्ञनिधि कोइरालाले ७२ मत पाएका छन्।
सचिवमा नृपबहादुर सुनारले ५८५, केशव मिश्रले ४०७, अमृत बिसीले २५४, देवानन्द जैशीले २१४, नवराज जोशीले ८१ र थर्क शाहले २०३ मत पाएका छन्।
सहसचिवमा कलेसु चौधरीले ३९१, राजसमज रानाले ३०५, कृष्णराज पाण्डेले ३३७, तिर्थराज जोशीले १८१, रविन्द्रप्रताप सिंहले ८७, राजेन्द्र खड्काले २३३ र लोकेन्द्र ऐरले १४३ मत पाएका छन्।
