काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ।प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा छलफल भएको हो।
उनीहरुका बीचमा समसामयिक राजनीतिक विषयमा छलफल भएको खुमलटार स्रोतले जनाएको छ।स्रोतका अनुसार देउवा र प्रचण्डबीच अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएपछिको अवस्थाबारे पनि छलफल भएको छ।
एमसीसी पारित भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अब देश चुनावमा गएको बताएका छन्। उनले देश स्थानीय निर्वाचनतिर होमिएको बताएका छन्।
जनमोर्चा बाहिरिए पनि चार दलीय गठबन्धनले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने रणनीति बनाएका छन्। यस्तोमा दुई नेताबीच छलफल भएको हो।