धनगढी, १६ फागुन/नेपाली काँग्रेसको जिल्ला अधिवेशनअन्तर्गत मतगणना जारी छ। जिल्ला सभापतिमा प्रकाशबहादुर बमले सुरुवाी अग्रता लिएका छन्। तीन सय मतगणना हुँदा बमले अग्रता लिएका हुन्। बमले १४४, नारायणदत्त भट्टले ११३ र रामबहादुर कलेलले ३० मत पाएका छन्।
आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। अहिले सभापतिको मात्रै मतगाणना भइरहेको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके दोस्रो चरणमा १८ गते मतदान हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए।