काठमाडौं, १५ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली विना शर्त एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका छन् ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सभामुख हटाउने, १४ सांसदलाई हटाउने र प्रधानन्यायाधीशविरुद्धको महाभियोग फिर्ता लिने शर्तमा ओली एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका हुन् ।
‘केपी ओली त आँखा चिम्लेर पास गरिदिनेमा थिए । तर शर्त के रु सभामुख हटाउनुपर्ने, हामी १४ जना सांसदलाई फाल्नुपर्ने, महाभियोग फिर्ता लिनुपर्ने, हाम्रो पार्टी दर्ता खारेज गर्नुपर्ने’ उनले भने ।नेता नेपालले त्यसपछि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न आफूहरु तयार भएको बताए ।