दार्चुला, १२ फागुन । नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको घरमा कालो ब्यानर टाँगेको पाइएको छ । नेत्र विक्रम चन्द (विप्लव) ले नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मन्त्री बडूको गृश जिल्ला दार्चुलाको घरमा कालो ब्यानर टाँगेका हुन् ।
जिल्ला सदरमुकाम खलङ्गा वडा नम्बर ५ नमस्कारमा रहेको मन्त्रीको बडूको घरमा बिहीबार दलाल मन्त्री मुर्दावाद लेखिएको व्यानर टाँसिएको पाइएको हो ।
मन्त्री बडूको घरको च्यानल गेटमा विप्लवका कार्यकर्ताहरूले अमेरिकी परियोजना एमसीसीको विरोध गर्दै दलाल मन्त्री मुर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधिन्ताको रक्षा गर, देश बेच्न पाइँदैन, दलाल सरकार चाहिँदैन लगायतका नाराहरू लेखेर व्यानर टाँगेका हुन् ।