• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

जब पासपोर्ट र टिकटविनै एक व्यक्ति विमान चढ्न पुगे….

काठमाडौं ,११ फागुन । गत सोमबार (९ फागुन) राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास उभिए । शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग बोर्डिङपास मागे । तर, न उनले बोर्डिङपास देखाउन सके, न अन्य कागजपत्र ।

त्यसलगत्तै नेपाल एयरलाइन्सका कर्मचारीले सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुलाई बोलाए । ती व्यक्ति कसरी विमानसम्म पुगे भन्ने तथ्य प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेपछि मात्रै खुल्यो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरुलाई चक्मा दिने गरी विमानसम्म पुग्ने व्यक्ति रौतहटका असरफ आलम रहेको खुलेको छ ।

सोमबार राति पौने १० बजे आयल नियमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार ९फेन्सिङ कम्पाउन्ड० नाघेर त्यहाँ पुगेको देखिएको ठाकुरले जानकारी दिए । विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको हो ।

तर, उनले बार नाघेको र विमानस्थलको पार्किङसम्म पुगेको सुरक्षाकर्मीले पनि पत्तो पाएनन् । उनी विमानस्थलको टर्मिनल भवन प्रयोग नगरी सोझै यात्रु ‘बोर्ड’ गरिरहेको विमानसम्म पुगेका थिए ।

अनुसन्धानमा उनी एक महिनाअघि पनि बार नाघिसकेको अवस्थामा समातिएको खुलेको छ । तर, उनको मानसिक अवस्था ठीक नभएको पाइएको भन्दै कारबाही नगरी छाडिएको थियो ।

तर, यसपटक आलममाथि विस्तृत अनुसन्धान हुने विमानस्थल प्रमुख ठाकुले बताए । उनका अनुसार आलमको गाउँमा नै पुगेर उनको पृष्ठभूमिबारे अनुसन्धान हुनेछ ।

‘एकपटक मानसिक सन्तुलन ठीक नभएको भनेर छाडिएको व्यक्तिले फेरि सोही हर्कत दोहोर्‍याउनु निकै गम्भीर विषय हो,’ उनले भने, ‘उनले कुनै खालको रेकी गर्न या अन्य कुनै स्वार्थसहित त्यसो गरिरहेका छन् कि भनेर अनुसन्धान हुन्छ ।’

आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन् । उनी निकटका व्यक्तिहरुले भने आलमलाई विमान चढ्न निकै रहर भएकाले उनी त्यसका लागि पटक(पटक यस्ता हर्कत गरेको हुनसक्ने बताएका छन् ।

विमानस्थल प्रमुख ठाकुरका अनुसार यो निकै गम्भीर घटना भएको बताउँछन् । यसले मुख्य रुपमा विमानस्थलको सुरक्षामाथि प्रश्न उठ्ने उनको भनाइ छ ।

‘सुरक्षा निकायहरुले पनि यो घटनापछि निकै गम्भीरता देखाएका छन्, यदि कुनै विष्फोटक पदार्थ लिए कोही व्यक्ति यसरी विमानस्थल प्रवेश गर्‍यो भने त ठूलो जोखिम हुन्छ, उनले भने, ‘त्यसैले यो घटनापछि हामी विमानस्थलको सुरक्षालाई अझ मजबुत गर्ने पक्षमा थप गम्भीर भएर लाग्छौं ।’

ठाकुर विमानस्थलमा कार्यालय प्रमुखका रुपमा पहिलो हाजिर गरेकै दिन यस्तो घटना भएको भन्दै यस्ता घटनाबाट पाठ सिकेर विमानस्थल र सुरक्षा निकायले संवेदनशील ढंगबाट आवश्यक कदम चाल्ने बताए ।

आलमलाई पक्राउ गरेर अनुसन्धान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार आलम विमानस्थलको बाहिरपट्टि रहेको तारबाट छिरेको हुनसक्छ । ‘सीधै प्रवेशमा त धेरै कडाइ छ, सम्भव नै हुँदैन’ उनले अनलाइनखबरसँग भने, ‘बाहिरबाट प्रवेश गरेको हुनसक्छ, विमानस्थलको आउटर पेरिमिटरको सुरक्षा जिम्मा सेनाको हो ।’

 

बुधबार, फागुन ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.