काठमाडौं १, फागुन । प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ। सङ्घीय संसद्का महासचिव डा।भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिएका छन्।
फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख छ।
नेकपा ९एमाले० ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिएका थिए।