काठमाडौं १, फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएसंगै उनी स्वतः निलम्बित भएका छन्। उनीविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता भएको छ।संविधानको धारा १०१, ९६० को अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकारबाही गर्न पाउने छैनन्।
सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका छन्।