काठमाडौ, २८ माघ ।एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट कार्यक्रम उद्घाटन गर्ने भएका हुन्।
उद्घाटनसहितको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटीका पदाधिकारी, संघीय सांसद, प्रदेश सभा सदस्य तथा जिल्ला कमिटीका पदाधिकारी तथा प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थी सहभागी हुने उनले जानकारी दिए।
उद्घाटन कार्यक्रम समापनलगत्तै पार्टी प्रवेशको कार्यक्रम पनि गरिने उनले बताए।
अगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको छ।
यस्तो छ तयारी
एमाले महासचिव शंकर पोखरेलका अनुसार अध्यक्ष ओलीले वर्तमान परिस्थिति र स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भर्चुअल माध्यमबाट प्रशिक्षणमूलक मन्तव्यसहित प्रदेशस्तरमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नेछन्।
आईडी प्राप्त सबै सहभागी साढे १२ बजे प्रत्यक्ष रूपमा जोडिने उनले बताए। जिल्ला कमिटीहरूलाई एकै ठाउँमा बसेर सुन्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन्।
अन्यले दिउँसो १ बजेबाट सुरु हुने लाइभ कार्यक्रम पार्टीको फेसबुक पेजलगायत अन्य माध्यमबाट हेर्नरसुन्न सक्ने जानकारी महासचिव पोखरेलले गराएका छन्।
एमालेका अनुसार प्रदेशमा प्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ।
प्रशिक्षणका विषय
क। दसौं राष्ट्रिय महाधिवेशनरविधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा
ख। सबल, गतिशील र अनुशासित पार्टी निर्माण स् राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरू
ग। स्थानीय तहमा हाम्रा पाँच वर्ष स् उपलब्धि र अनुभवहरू
घ। स्थानीय तह निर्वाचनको तयारी स् राजनीतिक, कानुनी र व्यावहारिक पक्षहरू
प्रशिक्षण कार्यक्रमका सहभागीहरू
क। प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरू
ख। प्रदेश कमिटी पदाधिकारीहरू
ग। प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू
घ। प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्जरसहइन्चार्जहरू
ङ। प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारी
च। सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरू
छ। नेकपा एमालेबाट निर्वाचित जिसस प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख
ज। नेकपा एमालेबाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुख
झ। पालिका पार्टी कमिटीका अध्यक्षहरू
प्रशिक्षणको समय तालिका र स्थान
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
बागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल र दाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी
समय
पहिलो दिन बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म
दोस्रो दिन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म