काठमाडौँ, २६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दै छ।
बिहीवारका बस्न लागेको पार्टीका कार्य सम्पादन समितिको बैठकको तयारीका लागि आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो।
दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।
कांग्रेस पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो। मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित भएका थिए। आज भने देउवासहितको उपस्थितिमा बैठक बस्न लागेको हो।
बैठकमा घोषित स्थानीय तहको निर्वाचन, कांग्रेसका भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनको विषयमा छलफल हुने एक नेताले जानकारी दिए।