काठमाडौं, २४ माघ । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन्। प्रधानमन्त्रि तथा कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेका हुन्। उनलाई आज प्रवक्ता नियुक्त गरिएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताएका छन् ।
यसअघि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।