काठमाडौं, १४ असोज – यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । मंगलवार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पाले सचिवालय बैठकको सुझाव अनुसार महराले राजिनामा दिएका हुन् ।
सभामुख महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ । नैतिकताको आधारमा आफूले आजको मितिबाट अनुसन्धान नसकिदासम्मको लागि राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर ’मदिराको मातमा’ सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन् ।