धनगढी, ८ माघ/जिल्ला प्रशसान कार्यायलय कैलालीका कर्मचारीलाई कोरोना संक्रमण हुन थालेपछि सेवा बन्द गरेको छ । जिल्लामा कोरोना संक्रमण हुने गति तिब्र हुन थालेपछि प्रशासनले शुक्रबार सुचना जारी गर्दै शान्ति सुरक्षा र मुद्या बाहेक सम्पुर्ण सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।
नियमित कार्य सम्पादनको क्रममा कार्यालयका कर्मचारीहरु कोरोना संक्रमित भई आईसोलेसनमा बस्नुको साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन लागेपछि अतिआवश्यक सेवा बाहेका अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरेको सुचना अधिकारी जोशीले जानकारी दिए ।