धनगढी, ६ माघ । धनगढीमा उपचारका लागि अस्पतालमा लगिएपछि फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका– ८ केशव सिंह भाट कैलाली प्रहरीको हिरासतमा थिए।
उनीलाई पेट दुख्ने समस्या आएपछि गत मंसिर ६ गते धनगढीको निर्सग अस्पताल लगिएको थियो। तर उनी शौचालय जान्छु भन्दै त्यहाँबाट फरार भएका थिए।
प्रहरीले खोजी गर्ने क्रममा बुधबार उनीलाई कञ्चनपुरको वडा क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गत कात्तिक २७ गते ठगी मुद्दामा पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।