धनगढी, २९ पुस । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र सोही ठाउँका १९ वर्षीय युवराज विश्वास रहेका प्रहरीले बताएको छ।
उनीहरुको साथबाट १८ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ।