धनगढी, २३ पुस । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका फरार अभियुक्त पक्राउ गर्न माग गदै आफन्तले प्रदर्शन गरेका छन्। कात्तिक २३ गते हत्या गरिएका भूपेन्द्रका आफन्तले अझैसम्म पनि मुख्य योजनाकारसहित केही अभियुक्तलाई पक्राउ नगरेको भन्दै आज प्रदर्शन गरिरहेका हुन्।
मृतका आफन्त र स्थानीयले नाराबाजीसहित पूर्वपश्चिम राजमार्गको अवरुद्ध पारेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मध्यान्नदेखि राजमार्ग अवरुद्ध भएको बताए।
२३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको प्रहरीले अन्य ९ जनाको भने खोजी जारी रहेको जनाएको छ। हत्याका योजनाकार भनिएका नविन रावलसहितका ९ जना फरार रहेका हुन्।