किशोर तामाङ
पुनर्वास(कञ्चनपुर) १८ पुस/कञ्चनपुरको पुनर्वास स्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले नक्कली प्रहरी निरीक्षक ९इन्स्पेक्टर ० लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आफूलाई नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँ भन्ने धनगढी उपमहानगरपालिका(७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीय रितु भण्डारीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट प्रहरी नायव निरीक्षक गोपाल बोहोरको कमाणडमा खटेको प्रहरी टोलीले उनीहरुलाई पुनर्वास नगरपालिका–१० दोदा पुलबाट पक्राउ गरेको हो । सनम भण्डारीले चलाएको से ३ प ४४९६ नम्बरको हन्क मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कालो प्लाष्टिकमा लुकाइ छिपाइ राखेको अवस्थाबाट फेला पारेर उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबसतीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट ड्युटीमा खटि दैनिकी झै चेकजाच र सुरक्षार्थ खटिने क्रममा भण्डारीले तैनाथ जवान माथि आफु अनूसन्धान बयुरोको इन्स्पेक्टर रहेको बताउदै आई बी आर डी तिर गएको थियो। तर भण्डारीले फर्कने क्रममा पुनः त्यस्तै शंका स्पद ब्यवहार गरे पछि ड्युटीमा रहेका प्रहरी टोलीले नियन्त्रणमा लिई सोधपुछ गर्दा तथ्य कुरा बहिरीएको हो।भण्डारी नक्कली प्रहरीको खोल ओडदै लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुको साथबाट १५ ट्याब्लेट नाइट्राभेट र स्पास लेखेको ४४ थान क्याप्सुल बरामद गरिएको छ ।
सनम भण्डारी राष्ट्रिय अनुसन्धानको इन्सपेक्टरको आवरणमा लागू औषध ओसार्दै आएको खुल्न आएको छ । पक्राउ परेकाहरुमाथि थप छानविन भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बसतीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश सिह बिष्टले जनाएको छ।