• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अर्जुन दासका ‘हत्यारा’ हायस चढेर धनगढी आए, गौरिफन्टा हुँदै दिल्ली पुगे

धनगढी, ६ पुस । कैलाली प्रहरीले जानकी गाउँपालिका–९ का २५ बर्षीय युवा अर्जुन दासको हत्यामा संलग्न भएकाहरुको खोजी तिब्र पारेको छ । हत्यामा ५ जना युवा सहभागी भएको हुनसक्ने आँकलन गरी प्रहरी उनीहरुको खोजीमा जुटेको हो । ती युवा दिल्लीमा देखिएको र पक्राउका लागि कैलाली प्रहरी त्यहाँ पुगिसकेको स्रोतले जानकारी दिएको छ ।

हत्यामा आफूहरुको संलग्नता रहेको भन्दै एकजना युवाले मृतकका छिमेकीलाई गरेको फोन संबाद घटना लगत्तै बाहिरिएको थियो । फोनमा हत्याको जिम्मेवारी लिने युवाको प्रहरीले पहिचान गरिसकेको छ ।

‘फोन गर्ने व्यक्तिले आफूहरु नेपालगन्जको रुपैडिहा नाकामा भएको र बेङलोर जान लागेको बताएका थिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यो हामीलाई झुक्याउन योजनाबद्ध ढंगले भनिएको पत्ता लागेको छ । उनीहरु धनगढीकै मोहना–गौरिफन्टा नाका भएर त्यही दिन भारत छिरेको तथ्य पत्ता लागेको हो ।’

जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा शुक्रवार दासको शरिरबाट टाउँको छिनालिएको अवस्थामा शव फेला परेको थियो । दासकै साथी भएको बताउदै एकजना युवाले आफूलगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्ड बाहिरिएपछि प्रहरीले यसैमा केन्द्रीत भएर घटना अनुसन्धान अगाडी बढाएको थियो ।

फोन गर्ने व्यक्तिले आफू रुपैडिहा पुगिसकेको बताएका थिए । तर, हत्यामा संलग्न युवाहरु हायस गाडी चढेर धनगढी आएको र यसै नाकाबाट भारत छिरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

‘उनीहरु बाटोमा आफूहरुले कसैको हत्या गरेको बताउदै आएका रहेछन,’ प्रहरी स्रोतले भन्यो, ‘अन्य यात्रुहरुले भर्खरैको उमेरका केटाहरुले फूर्ती लगाएको ठानेर त्यसलाई गम्भीरतापूर्वक नलिएको पाइएको छ ।’

घटना थाहाँ पाएपछि त्यो हाइस गाडीमा भएका यात्रुहरुले प्रहरीलाई यसबारे जानकारी गराएका हुन् । फोन कल रेर्कड सार्बजनिक गर्ने एकजनालाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको थियो ।

उनैको बयानका आधारमा घटनामा ५ जना युवाको संलग्नता रहेको हुनसक्ने आँकलन प्रहरीले गरेको हो । ती मध्ये दुईजना युवाका आमाबुवा दिल्लीमा बस्छन । ती सबै युवा दिल्लीमा पुगेपछि आफन्तलगायतले उनीहरुलाई घेर्ने प्रयास गरेको तर उनीहरु फुत्किएको प्रहरीले जनायो । ‘कैलाली प्रहरी दिल्ली पुगिसकेको छ । चाडै उनीहरु पक्राउ पर्छन,’ स्रोतले भन्यो ।

यो घटना लागूऔषधसँग जोडिएको हुनसक्ने पक्कापक्कीमा प्रहरी पुगेको छ । नाइट्रोभेट ट्याब्लेट नामक औषधी, जो लागूऔषधका रुपमा प्रयोग गरिन्छ ।

त्यो हराएको वा चोरिएकोबारेमा उनीहरुका बीचमा बादबिबाद भएको देखिएको प्रहरी स्रोतले बतायो । जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाका बारेमा थप जानकारी मिडियालाई दिएको छैन् ।

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.