धनगढी, २८ मंसिर । कैलालीमा ठगी मुद्दाका एक जना फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–११ का ५६ वर्षीय पदमबहादुर बडैला रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई जिल्ला अदालतले २०७१ जेठ २५ गते १ महिना कैद र ७६ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। उनलाई आज उनकै घरबाट लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।