धनगढी,२२ मंसिर । कैलालीमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी १४ बर्षपछि पक्राउ परेका छन् । मंगलवार ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले साविकको दोदोधरा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दिपेन्द्रले २०६४ साल चैत ०८ गते १ जना व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए । लामो अवधिको खोज तलासपछि उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
