धनगढी, २१ मंसिर । धनगढीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्। प्रहरी टोलीले हिजो (सोमवार) बझाङको सुबेडा– ८ का हाल धनगढी उपनगरपालिका मोतिचौक बस्ने प्रकाश रानालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लुकेर बसेको अवस्थामा उनलाइ पक्राउ गरिएको हो। रानालाइ बझाङ जिल्ला अदालतको मिति २०६६।१२।२२ को फैसलाले २० वर्ष कैद सजाय तोकेको थियो। तर, उनी भागेर फरार भएका थिए। पक्राउ पश्चात प्रहरीले रानालाई जिल्ला प्रहरी कार्यालय बझाङ पठाएको छ।