• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेस प्रदेश अधिवेशनको धनगढीमा चहलपहल, होटल भरिभराउ

धनगढी, १६ मंसिर/नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले धनगढीमा चहलपहल बढेको छ। सुदूरपश्चिमका ९ वटै जिल्लाका कांग्रेसका प्रतिनिधि तथा नेता कार्यकर्ता आउँदा धनगढीमा चहलपहल बढेको छ। बाहिरबाट नेता कार्यकर्ता आउँदा धनगढीका होटलहरु पनि भरिभराउ भएका छन्।

प्रदेश अधिवेशनका लागि धनगढीमा ९ सय ८७ जना प्रतिनिधिहरु आएका छन्। त्यत्तिकै मात्रामा अन्य नेता तथा कार्यकर्ता पनि आएका छन्। नेता तथा कार्यकर्ताहरु आउँदा धनगढीका होटलहरु भरिभराउ भएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। उनले भने, ‘अहिले कांग्रेसको अधिवेशन चलिरहँदा धनगढीका सबै होटलहरु भरिभराउ भएका छन्।’कोभिड–१९ पछि सुस्ताएको होटल व्यवसाय अहिले कांग्रेसको अधिवेशनले जुर्मुराएको छ। धनगढीका विभिन्न होटलमा कांग्रेसले ११ सय जनाको आवासका लागि कोठा बुकिङ गरेको बताउँदै उनले भने, ‘अहिले धनगढी बजार क्षेत्रका कुनै पनि होटल खाली छैनन्, सबै होटल ग्राहकले भरिभराउ भएका छन्।’

कांग्रेसको अधिवेशनले होटल मात्रै नभई यहाँको बजार व्यवसाय पनि चलायमान भएको उनले बताए। ‘होटल मात्रै चलायमान नभएर यहाँका ईरिक्साका साथै चिया पसलदेखि कपडा पसलसम्मको व्यापार व्यवसाय फस्टाएको छ,’ उनले भने ,‘यसरी ठूला कार्यक्रम हुँदा होटल मात्रै नभएर सबैतिरको व्यापार व्यवसाय चलायमान हुन्छ।’काम विशेषले धनगढी आउँदा होटलमा कोठा नपाएपछि बजारदेखि टाढा होमस्टेमा गएर बास बसेको बताउँदै कोहलपुरका देवेन्द्र आचार्यले भने, ‘धनगढीमा कांग्रेसको प्रदेश अधिवेशन रहेछ, त्यसैले बजारका होटलहरु सबै भरिभराउ हुँदा हिजो कोठा नै पाइएन।’ कोठा नपाउँदा आफू बजारदेखि पाँच किलोमिटर टाढा रहेको बंगरागाउँस्थित थारु होमस्टेमा पुगेको उनले बताए।

उनी मात्रै हैनन्, कांग्रेस प्रतिनिधिबाहेक आएका कार्यकर्ताहरुले पनि धनगढीका बजारका होटलमा कोठा पाउन सकेका छैनन्। ‘धनगढीमा होटलमा कोठा नपाएपछि आफन्तको घरमा बसेको छु,’ डोटीबाट आएका चक्र मल्लले भने, ‘पार्टीको निर्वाचनमा रमाइलो हेर्न आएको थिएँ, यहाँ त कोठै पाइएन, त्यसैले आफन्तकोमा गएको छु।’अन्य समयको तुलनामा अहिले होटलमा व्यापार चलेको बताउँदै शिखर होटलका सञ्चालक तपेन्द्र बिष्टले भने, ‘अन्य समयको तुलनामा हिजोआज होटल चलेको छ।’ होटलमा गाउँका साथै पहाडबाट आएका कांग्रेस कार्यकर्ताले तीन दिनका लागि कोठा प्याक भएको उनले बताए। ‘अहिले सबै कोठा बुकिङ भइसकेका छन्,’ उनले भने, ‘तैपनि ग्राहकहरु कोठा खोज्दै आउँछन्, फर्काउनु परिरहेको छ।’

धनगढीमा भइरहेको कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा सहभागी हुन आएका ९ सय ८७ प्रतिनिधिका साथै अफिसियल र नेता तथा मन्त्रीहरुका लागि भनेर करिब ११ सय जनाका लागि होटलमा कोठा बुकिङ भएको १४ औँ महाधिवेशन प्रचारप्रसार समितिका कैलाली संयोजक नृप सुनारले बताए। उनले भने, ‘हामीले तीन दिनका लागि यहाँका होटलहरु बुकिङ गरेर प्रतिनिधिलाई आवासको व्यवस्था गरेका छौँ।’प्रदेश अधिवेशनका लागि धनगढीमा ९ सय ४४ जना प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि तथा ४४ जना भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरेर ९ सय ८७ जना सहभागी भएका छन्। त्यत्तिकै मात्रामा अन्य नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति रहेको छ।

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.