धनगढी, १५ मंसिर/ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक९डिएसपी० प्रतीक विष्टको विदाई भएको छ। बिदाईका क्रममा बिष्टलाई तोकिएको जिम्मेवारी पूर्ण ईमान्दारी, बफादारीका साथ निभाएको भन्दै मुल्याङकन गर्दै १५ सय पुरस्कार दिईएको छ ।
उक्त नगद पुरस्कार अभिलेखमा जनिने गरी पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विगत १८ महिनादेखि प्रवक्ताको रुपमा कार्यरतको उनको सरुवा भएपछि बुधबार विदाई गरिएको हो।
जिल्लामा कार्यरत रहँदा विभिन्न कार्यमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत समेत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले डिएसपी विष्टलाई नगद पुरस्कार प्रदान गरेका हुन्।