कञ्चनपुर, १२ मंसिर । कञ्चनपुरमा लागु औषध सहित तिन जना पक्राउ परेका छन् । जिल्लाको पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आइतबार लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ गरेको हो ।
से.४ प. ३३००८ नंको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका धनगढी उपमहानरपालिका–१ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–१० मालाखेती बस्ने वर्ष २१ का आशिष भाट, ओलानी बस्ने वर्ष २१ का नीरज बडैलालाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट नेट्राभेट–१० नामक लागुऔषध ३० ट्याबलेट र तीन थान मोबाइल, नगद रकम रु एक हजार ४०० समेत बरामद गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए । उनका अनुसार तीनै जनाले लागुऔषध समेत सेवन गरेको अवस्थामा रहेको बुझिएको छ लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।
