धनगढी, ७ मंसिर । नेपालका लागि जावा मोटरसाइकलको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आज देखि धनगढीबाट बिक्रीवितरण शुरु गरेको छ ।
धनगढी ४ बोराडाडी आर्मी ब्यारेक अगाडि स्थित डिभा मोटर्सले आधिकारिक बिक्रेताको रुपमा मंगलबारबाट मोटरसाइकल बिक्रीवितरण शुरु गरेको हो ।
मोटरसाइकल शो रुमको सुदुरपश्चिम डिलर एसोसिएसनका (साडा) अध्यक्ष एबम कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले उदघाटन गरेका छन ।
युवा पुस्तालाई लक्षित गरि बजारमा ल्याइएको जावाले युवाहरुको मन जित्ने अध्यक्ष ओझाले बताए । उनले सुदुरपश्चिममा टु ह्विलरका लागि नेपालमै सबैभन्दा बढी डिलरहरु रहेको बताए ।
हाललाई जावा पिराक सिंगल सिटर र जावा ४२ सिंगल र डबल एबियसमा उपलब्ध हुने बताउदै डिभा मोटर्सका प्रोप्राइटर गोबिन्द रेग्मिले छिट्टै स्कुटर सहित अन्य मोडलहरु उपलब्ध गराउने बताए ।
अहिले पिराकको मूल्य ७ लाख५० हजार जावा ४२ सिंगल एबिएसको ६ लाख२० हजार र डबल एबियसको ६ लाख ४७ हजार रहेको रेग्मिले बताए ।
