• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बेमौसमी वर्षातले कुहियो खर, किसान चिन्तित

बैतड १ मंसिर/बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गाइभैँसीको लागि खर (गाज्यो) काटेर थुपार्ने गर्दछन् ।यस वर्ष आएको बेमौसमी वर्षातले थुपारेको सबै खर कुहिएपछि किसान चिन्तित बनेका छन् ।खरलाई स्थानीय भाषामा गाज्यो भन्ने गर्दछन् । हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर वनजंगल र घर नजिक थुपार्ने गरिन्छ । वर्षात सकिएपछि महिलाहरु आ आफ्नो भोगचलन गर्दै आएको बनमा गएर खर काट्ने गर्दछन ।

आफ्नो भोगचलन गर्दै आएको बनमा रहेको हरियो घाँस काटेर घाममा सुकेपछि मात्र त्यसलाई खर भन्ने गर्दछन् । हरियो घाँस काटेर दुई दिनसम्म घाममा सुकाएर खर बनाएपछि रुखमा थुपार्ने गर्दछन् ।यस वर्ष कात्तिक पहिलो साता तिर परेको बेमौसमी अबिरल वर्षाले थुपारेको सबै खर कुहिएको छ । थुपारेको सबै खरभित्र पानी पसेपछि कुहिएको बैतडीकी हरिना साउँदले बताइन् । ‘पानीले सबै गाज्यो कुहियो कामै नलाग्ने भएको छ अब गाईवस्तु के खानेहुन भोक भोकै मर्ने भए’ उनले भनिन् ।

हरिनाको जस्तै चिन्ता सबै महिलाहरुको रहेको छ । महिलाहरु असोज पहिलो सातादेखि खर काटन शुरु गर्दछन् । दशंैतिहारमा याहाँका महिलाहरुलाई खर काट्न भ्याई नभ्याई हुन्छ । दशैंभन्दा पनि खर थुपार्ने चटारो यहाँका महिलामा हुन्छ ।थुपारेको केहि खर पहिरोले पनि बगाएको छ । पहिरोले नबगाई बाँकी रहेको थुपारेको खर कुहिपछी अहिले महिलाहरु हिउँदमा गाईवस्तुलाई के खुआउने भन्ने चिन्तामा रहेका छन् ।

यहाँका केहि महिलाहरुले खर विक्री गरेरनै घरखर्च चलाउने गर्दछन् । महिलाहरु आफ्नो प्राणको बाजी लगाएर भिरपाखाबाट काटेर राखेको खर वर्षातले कुहिँदा वर्षभरी गाईभौँसीलाई के खवाउँने भन्ने चिन्ता उनीहरुमा थपिएको छ ।

बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.