धनगढी, २९ कार्तिक । कैलालीमा अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका–९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तुसहित लम्कीचुहा नगरपालिका–१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मसुरिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।