जगत देउवा
धनगढी, २६ कार्तिक/कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीको केदार टोलमा बस्ने अनिल खातीको रहस्यमय मृत्यु भएको छ । घरमा जानकारी नगराई हिडेका खातीको शब लखिमपुर अस्पतालमा भेटियो ।
(यस्तो छ मृतक खातीको ट्राभल हिस्ट्री)
धनगढीको त्रिभुवन माविमा कक्षा १२ अध्यन गर्ने खाती कार्तिक १५ गते अनिल घरबाट नयाँ लुगा लगाएर निस्केका थिए । उक्त समयमा उनको घरमा कोही थिएनन् । तर, उनलाइ छरछिमेकीले घरबाट निस्केको देखेका थिए । अबेरसम्म उनी घर नपुगे पछि मात्रै खातीको खोजी नीति सुरु भएको थियो । खेजनीति पछि मात्रै खाती बिष्ट थरका साथी संग पलिया गएका भन्ने खबर अभिभावकले पाए । १६ गते मात्रै बिष्ट थर गरेका उनका साथी दुबैजना पलिया गएका भन्ने बारे जानकारी प्राप्त भयो ।
उनका साथी बिष्टका अनुसार पलियामा लागूऔषध केही ट्याबलेट खाएर पलिया नजिकै बसपार्क गएका रहेछन् । यहा भारतकै केही युवा संग पनि कुटाकुट भएको थियो । दुई समूह बिच झडप भएपछि दुबैले कुटाई खाएका रहेछन् । अनिलका साथी बिष्टले आफू बेहोस अबस्थामै गौरीफन्टा पुगेका थिए । बिष्ट अचेत अबस्थामै गौरीफन्टा पुगेका थिए । १५ गते घरबाट निस्केका दुबै जना विष्ट मात्रै दुई दिनपछि १६ गते ११ बजे घर फर्केका थिए । अनिल र बिष्ट संगै गएका थिए तर, बिष्ट मात्रै घर पुगे । बिष्टले घट्नाको बारे कसैलाइए पनि जानकारी समेत दिएका थिएनन् । १६ गते खोजिका लागी गएका अनिलका काका बल बहादर खाती खो िजगर्न निस्केका थिए भेटेनन् । फेरि १७ गते जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा खोजि गर्दा अनिल खातीको शब लखिमपुरको अस्पतालमा भेटियो । अहिले सम्म पोस्टमार्टमको रिर्पोट समेत भेटेका छैनन् ।
(मृतक अनिल खातीका आफन्तसंग गरिएको कुराकानीमा आधारित)