धनगढी,२६ कार्तिक । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तथा नेपाली काँग्रेसका पूर्व सांसद देवराज जोशी शुक्रवार पदभार ग्रहण गर्न काठमाडौंबाट धनगढी पुगेका छन्।प्रदेश प्रमुख जोशीलाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको हो।
प्रदेश प्रमुख भएपछि काठमाडौंबाट आज (शुक्रवार) विहान बुद्ध एयरको विमानबाट धनगढी विमानस्थल झरेसँगै भव्य स्वागत गरिएको थियो।
प्रदेश प्रमुख जोशीलाई स्वागतका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्री दिर्घ सोडारी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, उपनगर प्रमुख सुशिला मिश्र भट्ट, सशस्त्र प्रहरी ७ नम्बर बाहिनीका बाहिनीपति (डिआइजी)दुर्गाप्रसाद भट्टरार्ई, एसपी विश्व अधिकारी विमानस्थल पुगेका थिए।