धनगढी २४ कार्तिक/कैलालीको लम्कीमा युवकको हत्या बिराेधमा उत्रेका प्रदर्शनकारीले सेनाकाे गाडीमा ढुङ्गामुढा गरेका छन् । प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि सेनाकाे गाडीको सिसा फुटेकाे छ ।
तालिमका लागि जुम्लाबाट महेन्द्रनगर जाँदै गरेको बा१ग ३५७० सेनाको गाडीमाथि लम्कीमा ढुंगा प्रहार गरी तोडफोड गरिउको हो।
सेनाको गाडीमा ढुंगा प्रहार गर्दा अगाडिको सिसा फुटेको बताइएको छ। मंगलवार राति खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि मृतकका आफन्त तथा स्थानीयले बुधवार दिनभर राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरेका छन्।