धनगढी, २४ कार्तिक/कैलालीको टीकापुरमा ग्याङ फाईटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएपछि कार्वाहीको माग गर्दै लम्की स्थित पुर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन् । मृतकका आफन्ताले बुधबार बिहानै देखी कैलालीको लम्की सडक खण्ड अबरुद्ध गरेका हुन् ।
बडुवालको मृत्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बताए। लम्कीचुहा नगरपालिका १ का भुपेन्द्र बडुवालको मंगलबार टिकापुरको हाटबजार क्षेत्रमा दुई युवा समुह बिच ‘ग्याङ फाईट’ हुदा चक्कु प्रहारबाट मृत्यु भएको थियो ।