धनगढी, २४ कार्तिक/कैलालीमा ग्याङ फाईटमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका (१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन् ।
चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित ५ जनालाई पक्राउ गरिएको डिएसपी बिष्टले जानकारी दिए । उनका अनुसार दुई समूहबीच झडप हुँदा घटना घटेको हो। टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीनरचार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।