वीरगन्ज,२३ कार्तिक । वीरगन्जबाट स्रोत नखुलेको २० लाख रकम सहित एक जना पक्राउ परेका छन् । बाराको बिश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई प्रहरीलेसोमबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय विरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ८ घण्टाघर स्थित सडकखण्डमा घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना ४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेक जाँच गर्दा श्रोत नखुलेको २० लाख रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय विरगञ्जका प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल र साहलाई नियन्त्रणमा लिई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइए जनाएको छ ।