काठमाण्डौ, १९ कार्तिक । काठमाण्डौमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन्। गएराति काठमाण्डौको नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार उनीहरुको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ। चाडपर्वमा जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न प्रहरीले कारबाही अभियान चलाइरहेको छ।