अछाम,१४ कार्तिक । अछामबाट एक थान भरुवा बन्दुक बरामद भएको छ। जिल्लाको तुर्माखाद गाउँपालिका–८ लामाखेतबाट एक थान भरुवा बन्दुक बरामद गरिएको हो।
स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरी आवश्यक अनुुसन्धान गरिरहेको बताएको छ।
