धनगढी, १३ कार्तिक । महिला उद्यमीद्वारा संचालित हाम्रो कोशेली सप्लायर्स धनगढीको शनिबार देखी शुभारम्भ भएको छ ।
नेपालीमै उत्पाद भएका बस्तुको उत्पादन र पहिचान सहितको सागम्रीको उत्पादन गरी बिक्री बितरण गर्ने उदेश्यमा महिलाहरुको समुहले ‘हाम्रो कोशेली सप्लायर्स’ संचालनमा ल्याएका हुन् ।
एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले ‘हाम्रो कोशेली सप्लायर्स’को उद्घाटन गरेका हुन् ।