• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पाएनन् किसानले धानको मूल्य

"प्रतिक्विन्टल १ हजार रुपैयाँ "

टीकापुर,१३ कार्तिक । कैलालीको टीकापुर क्षेत्रका खाद्यान्न व्यापारीले किसानबाट प्रतिक्विन्टल १ हजार रुपैयाँमा धान खरिद गरिरहेका छन् । बाढीका कारण धान भिजेर बिग्रेको भन्दै धेरै मूल्य दिन नसकेको उनीहरूको भनाइ छ ।

जानकी गाउँपालिकाको दुर्गौलीमा धान खरिद गर्ने रघु उपाध्यायले भने, ‘धान हेरेर मूल्य निर्धारण गर्ने गरेका छौं । कम्तीमा १ हजार रुपैयाँमा धान किनिरहेका छौं, नभिजेको र राम्रोसँग केलाइएको धानलाई भने २ हजार रुपैयाँसम्म दिएका छौं ।’

धान बेचेर किसान हिउँदे बाली लगाउने तयारीमा जुटिसकेका छन् । हिउँदे बालीका लागि मल, बीउ किन्न पनि सस्तैमा धान बेच्नुपरेको किसानहरू दुखसो पोख्छन् ।

जानकी–६ का किसान भोजराज चौधरीले बाढीले धान भिजाएकाले बेच्दा त्यसको लगानी पनि नउठेको सुनाए । ‘धानको न्यूनतम मूल्य सरकारले तोके पनि हामीले सस्तोमा धान बेच्नुपर्ने बाध्यता छ । मल, बीउ र श्रमको हिसाब गर्दा किसानलाई घाटा भएको छ । सरकारले तोकेको मूल्य पाएको भए पनि हुन्थ्यो, त्यो पनि छैन ।’

बाढीले भिजेर धान बिग्रेको भन्दै व्यापारीले किन्नै नमान्ने उनले सुनाए । ‘किन्ने भए पनि मनपरी मूल्य निर्धारण गर्छन् । उनीहरूले निर्धारण गरेको मूल्यमा हामीले धान बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बिग्रेको धान पनि सरकारले किनिदिएको भए हुन्थ्यो । यो व्यवस्था गरिदिए हामीलाई ठूलो राहत हुन्थ्यो ।’

टीकापुर नगरपालिका–१ का किसान जितबहादुर चौधरीले बाढीले डुबाएको धान सुकाएर जेनतेन थ्रेसिङ गरेको बताए । ‘धान सबै बिग्रेको छ । अब त्यो धान कसरी बेच्ने रु’ उनले भने, ‘सरकारले हाम्रो लगानीअनुसारको पैसा दिए पनि हुन्थ्यो ।

किसानहरू यसपाला धानबाली सखाप भएर ठूलो मर्कामा परेका छन् ।’ सरकारले धानको मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद सुरु गरेको छैन । सरकारले यो वर्ष धानको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ तोकेको छ ।

कम्पनीको धनगढी शाखाका निमित्त प्रमुख कल्पना बिष्टले माथिल्लो निकायबाट खरिदको निर्देशन नआएको बताइन् । ‘परिपत्र आएको छैन, तिहारपछि धान खरिदबारे टुंगो लाग्छ होला,’ उनले भनिन् ।

बाढीले भिजेका कारण धानमा पानीको मात्रा (म्वोइस्चर)बढी भएकाले पनि खरिद सुरु नगरिएको बताइएको छ । जसका कारण अहिले नै खरिद सुरु गर्दा किसानको धान फिर्ता पठाउनुपर्ने अवस्था हुने कम्पनीका कर्मचारीहरू बताउँछन् ।

शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.