धनगढी, १२ कार्तिक/बैतडीको डिलासैनीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा नेता लेखकको नेतृत्वमा गोकुकेश्वर क्याम्पसका व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेर बहादुर देउवा सङ्ग भेट गरी सो माग राखेको क्याम्पसका निवार्तमान स्वबियु सभापति राजेन्द्र बमले जानकारी दिए ।
भेटका क्रममा नेता लेखकले सुदूर पश्चिमको दुर्गम क्षेत्र बैतडीमा सामुदायिक रूपमा स्थापित पहिलो कृषि क्याम्पस गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन सके त्यस क्षेत्रका गरिब र विपन्न छात्र छात्राहरूले सहज रूपमा प्राविधिक शिक्षा पढ्न पाउने भएकाले आंगिक क्याम्पस निर्माणको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका थिए।
लेखक नेतृत्वको प्रतिनिधि मण्डलमा नेपाली काँग्रेस बैतडीका पूर्व सभापति शिवराज भट्ट , क्याम्पस प्रमुख परमानन्द जोशी, क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्ष नवराज पाण्डे , नेबिसंघका पूर्व केन्द्रीय सदस्य जनक भट्ट, नेपाली काँग्रेस डिलासैनी गाउँपालिका सभापति जयानन्द जोशी, निवर्तमान स्वबियु सभापति राजेन्द्र बम , सेठीगाउ क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र प्रसाद जोशी लगायत को सहभागिता रहेको थियो।बि।स।२०६७ मा सम्बन्ध प्राप्त गोकुलेश्वर कृषि क्याम्पसको समुद्घाटन २०६९ सालमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए। हाल क्याम्पसमा १७७ जना विद्यार्थी अध्ययनरत छन् ।
भेटकै क्रममा गोकुकेश्वरमा नै रहेको सेठीगाउ क्याम्पसलाई पनि सुदूर पश्चिम बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन प्रतिनिधि मण्डलले माग गरेको थियो। यस्तै डिलाशैनी गाउँपालिका भरी विद्युतिकर खाने पानी स्वास्थ्य शिक्षा रोजगारी गन्ना गनैखान सडको स्तोरौन्नती वडा नम्बर २ मा रहेको गल्लिगाड सौलेखोला को तडबन्द को लागि अनुरोध वडा नम्बर ३ मा रहेको कल्दे खोला तडबन्द को लागि अनुरोध वडा नम्बर १ स्थित सेलतडा खुमट पर्यटन प्रबन्ध र सडको लागि अनुरोध वडा नम्बर १ स्थित मालान सिचाइ नहर को लागि अनुरोध वडा नम्बर ५ स्थित खोलिगाउ पहिरो नियन्त्रण को लागि अनुरोध श्री सेटिगाउ बहुमुखी क्याम्पस गोकुलेस्वर बैतडी लाई सुदुरपशिम विश्वबिद्यालयको आङगिक क्याम्पस मा परिरणत गर्नु पर्ने, गोकुलेस्वर डडिया देखि कृषिकलेज हुँदै नेगाउ नगराउ जोड्ने सडक खण्ड लाई स्तोरउन्नती र कालोपत्री गर्नु र डिलाशैनी गाउँपालिका भित्र गर्नु पर्ने सबै बिकाश निर्माणका काम प्रती सम्मानिय प्रधानमन्त्री सेरबहादुर देउवाले छिटो भन्दा छिटो सम्बोधन गर्नु हुने मा बिस्वस्त भएका डिलाशैनीगाउँ पालिका काँग्रेस सभापती जयराज जोशी को भनाइ रहेको छ ।