सरस्वती साफरी
धनगढी, ११ कार्तिक/धनगढी उप–महानगरपालिकामा ७५ हजार नौं सय ८० जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । कुल खोप लगाएकामध्ये ३९ हजार ६०० ले मात्र पूर्ण डोज लगाउन पाएका छन् । भने ३० हजारले अहिलेसम्म पूर्ण खोप लगाउन पाएका छैनन् ।
उपमहानगरपालिकामा १ लाख ३३ हजारको खोप लगाउने १८ वर्ष माथिका रहेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी, प्रदेशकै प्रमुख व्यापारीक केन्द्र, रहेको र प्रदेशको एक मात्र उपमहानगरपालिकामा त्यति नै संख्यामा मानिसहरु बाहिरका रहेका छन् ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक योगेश अवस्थीले उपमहानगरपालिकाका स्थायी बासिन्दा ५८ हजार बढीलाई खोप लगाउन बाकी रहेको बताए । उनले भने, ‘५८ हजार बढी यहाँका जनतालाई खोप लगाउन बाँकी छ । अन्य ठाउँबाट आएका बसेका सबै गरेर अझै दुई लाख डोज खोप आवश्यक छ ।’
‘हामीले सबैलाई पुर्ण खोप उपहानगरपालिका बनाउने योजनामा छौ’ धनगढी उपमहानरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले भनिन्–‘चाडै सबै नागरिकलाई खोप लगाउने योजनामा छौ ।’ स्वास्थ्य मन्त्रालय, बिभाग र निर्देशनालयमा पत्राचार गरिसेका छौ उपमेयर भट्टले जानकारी दिईन् ।
