धनगढी, १० कात्तिक । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहराका ४२ वर्षीय गोपाल केसीको निधनप्रति दुख व्यक्त गर्दै दीप प्रज्वलन गरिएको छ ।
धनगढी कराते एकेडेमीका सल्लाकार समेत रहेका केसीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला खेलकुदका अध्यक्ष ललित खत्रकिो अगुवाईमा उनको निधन प्रति दुख व्यक्त गर्दै धनगढी चौराहा दीप प्रज्वलन गरिएको हो ।
एक साताअघि ज्वरो र खोकी लागेपछि मेडिकलबाट औषधि ल्याएर खान थालेका केसीलाई आइतवार साँझ वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थको क्लिनिकमा लगिएको थियो।
उनमा कडा खालको निमोनिया देखिएको थियो भने फोक्सोमा पनि धेरै असर पुगाइसकेको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्न लगाइएकोमा सोमबार साँझ केसीको मृत्यु भएको हो।