धनगढी, ९ कार्तिक । धनगढीमा एक बालक अलपत्र अवस्थामा भेटिएका छन्। सोमवार राति धनगढी उपमहानगरपालिकास्थित मुख्यमन्त्री निवास अगाडी उनी अलपत्र भेटिएका हुन्।
धनगढीका १३ वर्षीय कुशल बुढा अलपत्र भेटिएको प्रहरीले जनाएको छ। अलपत्र भेटिएका बुढालाई प्रहरीले आज धनगढी–२ बस्ने उनका बुवा भाने बुढाको जिम्मा लगाएको छ।
बालक अलपत्र भेटिएको जानकारीपछि जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले उनको उद्धार गरेको थियो।