सरस्वती साफरी
धनगढी, ९ कार्तिक/डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय कार्यालय सहयोगिका भरमा रहेको छ । वडा अध्यक्ष, वडा सचिव लगाएतका कर्मचारी दशै बिदामा घर गएपछि अहिले सम्म पनि कार्यालय फर्केका छैनन् । अहिले वडा कार्यालयका सहयोगि निलकंठ जैशीको भरमा अहिले वडा कार्यालय चलिरहेको छ । वडा कार्यालयमा आउने सेवाग्राही अहिले कर्मचारी नहुदा समस्यामा भएको नेपाली काँग्रेस बडिकेदार गाउमालिकाका सचिव सिद्ध बिष्टले जानकारी दिए ।
अहिले बर्षाका कारण स्थानीय नागरिक र किसानहरुको क्षति पुगेका लगत संकलन गर्न पनि समस्या भैरहेको सचिव बिष्टको गुनासो छ । दशैको बिदा सकिएको लामो समय बितिसक्दा समेत वडा कार्यालय नखुल्दा सेवाग्रहीहरु मर्कामा परेका छन् ।वडा कार्यलयमा कर्मचारी नहुदा स्थानियहरुले वडा कार्यलयबाट पाउने सेवा सुबिधाबाट बन्चित भएको स्थानियले आरोप लगाएका छन् । ‘बाढीका कारण वडामा किसानहरु समस्यामा छन्, राहतको खाचोँ छ’ त्याँहाका स्थानिय समेत रहेका शिद्धबहादुर बिष्टले भने–‘जनप्रतिनीहरु र कर्मचारी नहुदाँ लगत संकलन नहुदा निकै समस्या छ ।’ बाढी पहिरोका कारण स्थनिय जनता समस्या पर्दा समेत कार्यलयका कामकाज हुन स्थानिय जनप्रतिनिधिको गैरजिम्मेवारी भएको बिष्टको आरोप छ ।
यता वडा नम्बर ३ का वडा अध्यक्ष लिलाधर सापकोटा आफु धनगढी रहेको बताउदै रम्बी मगरलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी दिएको बताए । अविरल वर्षाका कारण बाटो अवरुद्ध भएको र वडा सचिव वडा कार्यलय जान नसकेको अध्यक्ष सापकोटा भनाई छ । वडा सचिव मिना जोशीले पनि वडा कार्यलयमा नगएको स्बीकार गर्दै पहिरोका कारण बाटो खराबका भएकोले बडा कार्यलयमा जान ढिलाई भएको बताईन् ।