• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरका पहाडी क्षेत्रमा खानेपानीको हाहाकार

धनगढी, ८ कात्तिक । बाढी पहिरो प्रभावित भएका सुदूरका पहाडी क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । जिल्लाका डोटी,बैतडी,बझाङ लगायतका जिल्लामा खानेपानीको हाहाकार भएको हो ।

बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुहानमा पहिरो जाँदा खानेपानीको समस्या भएको त्यहाँका स्थानीयहरूले बताएका छन् ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० का श्याम नेपालीले बाढी पहिरोले पानीको मूलहरू बगाउँदा खानेपानीको समस्या भएका बताए । बेमौसमी अविरल वर्षाका कारण जिल्लामा ठुलो नोक्सानी बेर्हनुपर्यो उनले भने साथसाथै बाढी पहिरोले यहाँका पानीका मूलहरू समेत बगेका छन् । जसका कारण जिल्लमा खानेपानीको ठुलो समस्या खेप्नुपरेको अवस्था छ ।

उनले सफा खानेपानी नहुँदा स्थानीयहरूमा झाडा पखाल ज्वरो जस्ता समस्या समेत बढ्न थालेको बताए । यस्तै बैतडीमा पनि खानेपानीको हाहाकार भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ गढी, गोठालापानी र शाहिलेकमा खानेपानीको हाहाकार भएको हो। बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुहानमा पहिरो जाँदा खानेपानीको समस्या भएको हो ।

गाउँमा भएका पानीका मुहान बाढीले बगाएपछि कयौँ घरधुरी खानेपानीको समस्या भोग्न बाध्य भएको स्थानीय प्रकाश चन्दले बताए ।

“अहिले गाउँमा एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता आएको छ,” उनले भने , “बस्तुभाउ त परै जाओस् मानिसले खाने पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताईरहेको छ ।”

दशरथचन्द नगरपालिका ४ मा मात्रै २ सय ८० घरधुरी खानेपानीको वञ्चितमा परेको उनको भनाई छ । अहिले सो क्षेत्रमा सदरमुकाम गढीमा रहेको हनुमान ध्वज गुल्मले पानी सहयोग गर्दै आइरहेको छ । गुल्ममा रहेको पानी गढीका स्थानीय तथा होटेल व्यवसायीहरूलाई गढी का स्थानीय र व्यवसायीहरूलाई खानेपानी सहयोग गरिरहेको हनुमानध्वज गुल्मका गुल्मपति खिमबहादुर रानाले बताए ।

“एका एक आएको बाढी पहिरोले यहाँका सबै मूल नहरहरू बगाएर लग्यो अहिले जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव सिर्जना भइरहेको छ,” उनले भने,“खानेपानीको समस्या भएपछि जिल्ला सदरमुकाम गढीमा रहेको हनुमान ध्वज गुल्मले अहिले सो क्षेत्रमा पानी सहयोग गरिरहेको छ । आइतबार मात्रै हामीले गढीमा रहेका सरकारी कार्यालयहरूलाई पनि खानेपानी सहयोग गरेका थियौँ ।”

उता डोटीमा पनि खानेपानीको पानीको समस्या भएको छ । डोटीमा गत साताको अविरल बेमौसमी बर्सातका कारण खानेपानीको मुहान भत्किएका छन्। मुहान नै भत्किएपछि जिल्लाको पिपल्ला बजार लगायतका क्षेत्रमा खानेपानी अभाव भएको हो ।

दीपायल सिलगढी नगरपालिका ४ बसपार्कमा होटेल सञ्चालन गर्दै आइरहेका तेज बहादुर डुम्रेलले खानेपानीको समस्याका कारण होटेल सञ्चालन गर्न समेत समस्या भइरहेको बताए।“अहिले जिल्ला सदरमुकाम लगायतका आसपासका क्षेत्रमा खानेपानीको समस्या सिर्जना भएको छ । जसका कारण हामी होटेल व्यवसायीलाई समेत ठुलो समस्या भएको छ । केही दिन यता नगरपालिकाले दमकलद्वारा बजारमा पानी वितरण गरे पनि पर्याप्त पानी नहुँदा ठुलो समस्या खेप्नु परेको छ,”उनले भने ।

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.