धनगढी, ४ कार्तिक/अविरल बर्षाका कारण केआई सिंह राजमार्ग अन्तर्गत रडुवा खोला नजिकै बाढीले पक्की सडक भत्काएको छ । डडेल्धुरा–डोटी अछाम बाजुरा जोड्ने सेती राजमार्गको डडेल्धुरा अन्तरगत गन्यापधुरा गाउँपालिका –२ अन्तरगर्त रडुवा खोला छेउमा सडक भत्किएको हो ।
मंगलबार खोलामा बढेको पानीको बहावले पक्की सडक भत्काएको हो । पक्की सडकमा क्षती पु¥याउदा केआई सिंह राजमार्ग संचालनमा आउन समय लाग्ने भएको छ । सडक अवरुद्ध हुँदा डोटि, अछाम, बाजुरा र डडेल्धुराका गन्यापधुरा, नवदुर्गा गाउँपालिका केही भागमा पुर्ण रुपमा सवारी अवरुद्ध भएका छन् ।
