धनगढी ४ कार्तिक/ डाेटेली समाज कैलालीले टीकापुर क्षेत्रका बाढीपीडितलाई राहत वितरण गरेकाे छ ।
वाढीपीडितलाई परिवारलाई राहत पुर्याउने उद्देश्यले समाजले राहत सामाग्री बुधबार नगरपालिकालाई हष्तान्तरण गरेकाे हाे ।
समाजका सदस्य गजेन्द्र शाहीले भने -हामीले नगर प्रमुख तपेन्द्र रावललाई सामाग्री हष्तान्तरण गरेका छाै । नगरपालिकाले आवश्यकता अनुसार बाढीपीडितलाई वितरण गर्ने छ ।
उनका अनुसार समाजले खानेपानी, चाउचाउ, विस्कुट लगायतका गरी ६० हजार रकम बराबरकाे सामाग्री सहयाेग गरेकाे हाे ।
गत शनिवारदेखि परेकाे अविरल वर्षाका कारण कैलालीकाे पूर्वि क्षेत्र प्रभावित भएकाे छ । कर्णाली नदीकाे भेल वस्तीमा पसेपछि साे क्षेत्रका सयाै परिवार विस्थापित छन ।
